मौसमी रुघाखोकीका लक्षण र घरेलु उपायहरु
मौसमी रुघाखोकी ज्वरोले विभिन्न उमेर समूहका व्यक्तिहरु बिरामी हुने गर्दछन्। यो रोगको प्रकोप नेपालका विभिन्न भूभागमा समय समयमा देखिने गरेको छ। वर्षा यामको शुरु तथा अन्त्य, जाडो यामको शुरु तथा अन्त्यमा साधारणतया रुघाखोकी ज्वरो, इन्फ्लुएञ्जाका विरामी वढी देखिने गर्दछन्।
मौसमी रुघाखोकीका लक्षण

रुघाखोकीका लागि घरेलु उपाएहरु
- तातो पानी वा तातो दुधमा एक चम्चा बेसार मिलाएर पिउनाले रुघाखोकीका लागी छिट्टै असार गर्ने गर्दछ । यो उपाय सबै उमेरका मानिसहरुका लागि फाईदाजनक मानिन्छ । बेसार मा एन्टीभाईरल र एन्टिब्याकतेरियल तत्व पाईन्छ। जुन रुघाखोकी सँग लड्नका लागि फाईदाजनक हुने गर्दछ ।
- अदुवा हालेको चिया रुघाखोकीको लागि धेरै नै फाईदाजनक मानिन्छ । अदुवालाई केहीबेरसम्म पानीमा पकाएर त्यसलाई चिया बनाएर पिउनाले रुघा खोकी नियन्त्रणका लागि तिब्र गतिमा काम गर्ने गर्दछ ।
- कागती र महको प्रयोग रुघाखोकीका लागि फाईदाजनक मानिन्छ। दुई चम्चा महमा एक चम्चा कागतीको रस मिसाएर एक गिलास मन्तातो पानी वा तातो दुध सँग पिउनाले रुघाखोकी नियन्त्रणमा मदत् पुग्ने गर्दछ ।
- लसुनमा अलीसन नामक एक रसायन हुने गर्दछ । जुन एन्टीभाईरल एन्टिब्याकतेरियल र एन्टीफंगल हुने गर्दछ । लसुनको पाँचवटा पोतीलाई घिउमा भुतेर दिनमा दुई पटक खानाले रुघाखोकीबाट छिट्टै आराम मिल्दछ ।
- तुलसी र अदुवालाई रुघाखोकिका लागि रामवाण समान मानिन्छ । यस्को सेवनबाट तुरुन्तै आराम मिल्ने गर्दछ । एक कप तातोपानीमा तुलसीको केही पात र एक तुक्रा अदुवा मिसाउने । केही बेरसम्म उमालेर त्यस्लाई काढा बन्न दिने । यस्लाई विस्तारै पिउने । यो उपाय बच्चा र ठुलो सबैका लागि फाईदाजनक मानिन्छ ।

Good